काठमाडौं : सरकारले आज फागुन ७ गते बुधबार सार्वजनिक विदा दिएको छ । आज ७५औं प्रजातन्त्र दिवस अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार बिहीबार बिहान ११ बजेमात्र खुल्नेछ ।


