काठमाडौँ, फागुन ७ गते । सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो । आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।
सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ गते वस्तु पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो ।


