काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका नौ कम्पनीमध्ये चारओटा चालू वर्षको दोस्रो त्रैमाससम्म घाटामा छन् ।
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई), सोनापुर मिनरल्स एन्ड आयल, बोटलर्स नेपाल (बालाजु) र घोराही सिमेन्ट घाटामा रहेको सम्बद्ध कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।
युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल ल्युब आयल भने नाफामा सञ्चालित छन् ।


