सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णय


सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशन दिएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सोमबार बसेको सचिवस्तरीय बैठकले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका सबै मन्त्रालयले अनिवार्य रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। स्वदेशी वस्तुको प्रयोग लागि  प्रदेश तथा स्थानीय तहलाई कार्यान्वयनको लागि अनुरोध गर्ने  निर्णय भएको छ। 

बैठकले डिजिटल शासन, सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा प्रशासनिक सुधारका विषयमा पनि निर्णय भएको छ। सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप कार्यान्वयनमा ल्याइएको नागरिक एपमार्फत छिटो छरितो सेवा दिने प्रबन्ध सबै मन्त्रालय र विभाग र कार्यालयले गर्ने गराउने र समयमै सेवा प्रवाह र निर्णय भए नभएको सन्दर्भमा केन्द्रीय निकाय र राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने निर्णय भएको छ। 

Read More