फागुन ६ गते मङ्गलबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


फागुन ६ गते मङ्गलबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

फागुन ६ गते मङ्गलबार, फाल्गुन कृष्णपक्ष षष्ठी तिथि    


मेष
आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ।

वृष 
लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। 

मिथुन 
नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। लगानीले  व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट
कामबाट उचित प्रतिफल प्राप्त गर्न बढी मेहनत गर्नुपर्ने समय छ। खर्च बढ्न सक्छ। 

सिंह
कामबाट पुरस्कार र सम्मान मिल्न सक्छ भने आम्दानी पनि बढ्न सक्छ।  

कन्या
खर्च बढ्नेछ। काममा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला
नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्। 

वृश्चिक
काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट असहयोग हुन सक्छ। 

धनु
काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर
नाम र कीर्ति बढ्ने काममा लाग्ने समय छ । गुमेको धन फिर्ता गर्न आउनेछ ।

कुम्भ
स्वास्थ्य राम्रो रहनेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मीन
आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको पैसा उठ्ने देखिन्छ।