जीवन बीमा कम्पनीको खुद मुनाफा सवा ३ अर्ब, गतवर्ष भन्दा १२.६४ प्रतिशतले बढ्यो


जीवन बीमा कम्पनीको खुद मुनाफा सवा ३ अर्ब, गतवर्ष भन्दा १२.६४ प्रतिशतले बढ्यो

चालु आवको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा १२ दशमलब ६४ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा र १ वटा लघु जीवन बीमा कम्पनीहरुले गरेर चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब २६ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् जुन अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ९० करोड २५ लाख रुपैयाँ मात्रै थियो ।

चालु आवमा सबैभन्दा धेरै खुद मुनाफा बढाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गतवर्ष १२ करोड ३७ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ८६ दशमलब ७८ प्रतिशतले बढेर २३ करोड १० लाख रुपैयाँ पुगेको छ । कुल १३ वटा सूचीकृत जीवन बीमा कम्पनीम्ध्ये १ वटा लघु जीवन बीमा र दुई वटा जीवन बीमा कम्पनीको नाफा भने गत वर्षको दोस्रो त्रैमासको तुलनामा केही घट्न पुगेको छ ।

खुद मुनाफा बढ्दा कम्पनीको प्रति शेयर आम्दानीमा समेत बढेर ११ रुपैयाँ ७२ पैसा पुगेको छ । कम्पनी शेयर अहिले ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको नेटवर्थमा समेत करिब २ प्रतिशतको सुधार आएर १ सय ७६ रुपैयाँ ९३ पैसा पुगेको छ ।

खुद मुनाफामा दोस्रो धेरै वृद्धि एसियन लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमासको तुलनामा ५६ दशमलब ५५ प्रतिशतले नाफा वृद्धि गरी २५ करोड ३ लाख रुपैयाँ पुर्याएकाे छ । ७ दशमलब ७५ प्रतिशतले चुक्ता पुँजी वृद्धि गेर ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुग्दा पनि प्रति शेयर आम्दानी ४५.४५ प्रतिशतले बढाएर १४ रुपैयाँ ७२ पैसा पु्र्याएकाे छ । कम्पनीकाे नेटवर्थ अहिले १ सय १८ रुपैयाँ ८२ पैसा रहेको छ । कम्पनीको शेयर अहिले ७ सय ७३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More