४ माघ, काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।
बैंकहरुको मुख्य बिजनेस नै कर्जा विस्तार हो । लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तार गर्न सफल भएका बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिन जानेछ ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।


