चालु आर्थिक वर्ष २०८१–८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूको निक्षेपको तुलनामा कर्जा वृद्धि धेरै देखिएको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको निक्षेप ४.२१ प्रतिशतले बढ्दा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको हो।
गत असारमा बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब रूपैयाँबाट बढेर ५९ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, कर्जा ४५ खर्ब ७० अर्बबाट बढेर ४८ खर्ब २७ अर्ब पुगेको हो।
यो अवधिमा सबैभन्दा निक्षेपभन्दा धेरैले कर्जा विस्तार गर्नेमा सात वाणिज्य बैंक छन्।


