नेपाल बीमा प्राधिकरणले उपनिर्देशक पदमा बढुवाका लागि पाँच जना सहायक निर्देशकको नाम सिफारिस गरेको छ। पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त अंकको आधारमा उच्च अंक प्राप्त गर्ने उम्मेदवारलाई छनोट गरी सिफारिस गरेको हो।
बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० अनुसार बढुवा प्रक्रियाअन्तर्गत सिफारिस गरिएको समितिले जनाएको छ। यस प्रावधानअनुसार विभिन्न मापदण्डको मूल्यांकनपछि योग्य ठहरिएका उम्मेदवारलाई छनोट गरिएको हो।

