वैदेशिक रोजगारी बढ्यो, बढेन रेमिट्यान्स


वैदेशिक रोजगारी बढ्यो, बढेन रेमिट्यान्स

काठमाडौं । गत महिना सर्लाहीका रामशरण यादव (नाम परिवर्तित) ले साउदी अरबबाट ५० हजार रुपैयाँ घर पठाए । साउदीमै रहेका एक व्यक्तिमार्फत एक कलकै भरमा केही समयमै नेपालमा रहेकी श्रीमतीको खातामा उनको ५० हजार रुपैयाँ आयो । 

त्यो पैसा नेपालकै बैंकबाट ट्रान्सफर भएको थियो । घरमा श्रीमतीले पैसा आएको जानकारी गराएपछि रामशरणले साउदीमा रहेका ती चिनेका व्यक्तिलाई एक हजार ३ सय ५५ साउदी रियाल दिए । उनले प्रायः त्यसैगरी घरमा पैसा पठाउँदै गरेको बताउँछन् । कहिलेकाहीँ भने उनी साउदी रियालको भाउ घट्दा पर्खेर बस्छन् । 

 

Read More