तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान


तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान

सिन्धुपाल्चोक, फागुन ४ गते । बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ । चालु आर्थिक वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान व्यहोर्नु परेको हो ।

असोज ११ र १२ गतेको भीषण बाढीले नाकास्थित लिपिङखोलाको पक्की पुल, लार्चाको बेलिब्रिज बगाएको थियो । दुवै पुल बगाएपछि चीनबाट आयात भइरहेको सामान रोकियो । दुवै देशबिच व्यापारिक सामान कारोबार रोकिएपछि उक्त समयमा राजश्व सङ्कलन हुन सकेन । सोही कारणले भन्सार कायालयले तीन अर्ब रुपियाँ राजश्व नोक्सान व्यहोर्नु परेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Read More