अन्तरदेशीय विद्युत् व्यापारलाई सहज बनाउन नेपाल र भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४–३५ सम्म निर्माण सम्पन्न गर्ने गरी दुईवटा नयाँ प्रसारण लाइन र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समझदारी भएको छ।
नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ–हरनैया–मोतीहारी (४०० केभी) र कोहलपुर–लखनउ (४०० केभी) प्रसारण लाइन निर्माण गर्ने निर्णय गरेको छ।

