काठमाडौं : कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदा ३.४७ प्रतिशत पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन अनुसार कुल गार्हस्थ उत्पादनमा कुल बिमाशुल्कको अनुपात बढेर ३.४७ प्रतिशत पुगेको हो । बिमा क्षेत्रको कूल गार्हस्थ उत्पादन (प्रचलित मूल्य) को आधारमा बिमाशुल्कको अनुपात पछिल्लो एक दशकदेखि क्रमिक रुपमा बृद्धि हुँदै गएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

