युएसएआइडी अन्तर्गतका कार्यक्रम र परियोजना सम्झौता रद्द प्रक्रियालाई तीव्र बनाइएको छ।
नेपालमा पनि सञ्चालित यस्ता परियोजना गत सोमबारदेखि क्रमश रद्द भइरहेका छन्।
गत सोमबार ऊर्जा नेपाल, युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ (इजिएल) र जलजंगल कार्यक्रम रद्द भएको पत्र आएको थियो।
विभिन्न उद्देश्य राखेर सञ्चालन गरिएका कार्यक्रमहरूमध्ये विश्वभर पछिल्लो दुई दिनमा २३१ वटा परियोजनाको सम्झौता रद्द भएको छ।
अमेरिकी अदालतमा बुझाएको विवरणअनुसार ठूलो लागत मूल्य बराबरका २३१ परियोजना फेब्रुअरी ११ र १२ मा रद्द भएको उल्लेख छ।


