फागुन २ गते शुक्रबार, फाल्गुन कृष्णपक्ष द्वितीया तिथि
मेष
नाफामूलक काम गर्ने समय छ। धन सम्पत्ति आर्जन हुनेछ।
वृष
लेनदेनमा घाटा तथा काममा अपजस खप्नुपर्ने हुन सक्ने रहेकाले सचेत रहनुपर्छ।
मिथुन
सम्पत्ति आर्जन हुनेछ। कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ।
कर्कट
आर्थिक समस्या हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।
सिंह
काममा पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सक्ने र व्यवसाय गर्नेले राम्रो नाफा कमाउन सक्छन्।
कन्या
मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्नेछ। स्वास्थ्य तथा खर्चप्रति सजग रहनुपर्छ।
तुला
चौतर्फी लाभका अवसरहरु मिल्नुका साथै रोकिएका कामहरु पनि सम्पन्न हुनेछन्।
वृश्चिक
काममा प्रगति र मानसम्मान प्राप्त हुन सक्छ। नयाँ काम सुरु गर्न चाहनेको लागि समय राम्रो छ।
धनु
व्यावसायिक, स्वास्थ्य तथा पारिवारिक क्षेत्र यथावत रहन सक्छ। नयाँ लगानी भने नगर्नु उचित देखिन्छ।
मकर
ठूलो नाफाको योग नरहेपनि अन्य कार्यमा सामान्य प्रगति हुन्छ।
कुम्भ
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। आफन्तबाट सहयोग मिल्नेछ।
मीन
धनको लाभ मिल्न सक्ने, नँया काम सुरु गर्न सक्ने रहेको छ।


