संखुवासभा — नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरु भएको आठ वर्षपछि ४ सय परिवारलाई छुट मुआब्जा वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि छुट मुआब्जा वितरण थालेको हो । आयोजनाले ३० मिटर सडक खनेर १५ मिटरको मात्रै मुआब्जा पाएको भन्दै पाँच वर्षयता उनीहरू आन्दोलनरत थिए ।

