काठमाडौं : चालु आर्थिक वर्षको पुससम्म बैंकहरुबाट पौने २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुससम्मको तथ्यांकबाट बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा १ खर्ब ६५ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो । यस अवधिमा सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदानमा खर्च भएको छ ।


