ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित


ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित

काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच छलफल भएको थियो । 

सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको हो । त्यसका लागि १५ दिनका लागि आन्दोलन स्थगित हुने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ । 

Read More