काठमाडौँ — फागुन महिनाका लागि एउटा बैंकले निक्षेपको ब्याज बढाउँदा एउटाले घटाएको छ भने १८ वटा बैंकको स्थिर छ । १८ वटा बैंकले फागुनका लागि पनि यही माघकै ब्याजदर स्थिर राखेपछि २० वटा वाणिज्य बैंकको औसत ब्याजदरमा भने परिवर्तन आएको छ ।
फागुन महिनामा पनि सबै वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ प्रतिशत छ । यो यही माघकै बराबर हो ।

