पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । एकै प्रकारका विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै अदालतले रिट निवेदन दर्ता नगरेकाे हाे ।
ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ आदेश गरेका हुन् । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।


