नयाँ स्टक एक्सचेन्ज लाइसेन्समा बोर्डले थाल्यो काम


नयाँ स्टक एक्सचेन्ज लाइसेन्समा बोर्डले थाल्यो काम

काठमाडौँ — निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा नेपाल धितोपत्र बोर्डले थप काम थालेको छ । राष्ट्र बैंकका सञ्चालक एवं पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि धितोपत्र बोर्ड सञ्चालक समितिले प्रतिवेदन कार्यान्वयन कार्ययोजना समितिलाई निर्देशन दिएको छ ।

गत बिहीबार बसेको बोर्ड सञ्चालक समिति बैठकले प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

Read More