सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई कारागार पठाउन रूपन्देही अदालतको आदेश


सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई कारागार पठाउन रूपन्देही अदालतको आदेश

जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा छविलाल जोशीलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ। 

अदालतमा सोमबार उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदारले यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार हाल थुनामा पठाउने र पछि ठहरे बमोजिम हुने भनेर आदेश भएको हो।

Read More