नेपाली उत्पादनको जर्मनीमा प्रदर्शन, एम्बियन्टमा नेपाली उत्पादनप्रतिको चासोले निर्यात बढ्ने आश


नेपाली उत्पादनको जर्मनीमा प्रदर्शन, एम्बियन्टमा नेपाली उत्पादनप्रतिको चासोले निर्यात बढ्ने आश

काठमाडौं । जर्मनीमा शुक्रबारदेखि शुरु भएको एम्बियन्ट २०२५ मा नेपाली व्यवसायीले २२  ओटा स्टल राखिएका छन् । जसमा घरेलु उत्पादन फर्निचर, किचनवेयर, गिफ्ट आइटम, मूर्तिकला, गलैँचा, पश्मिना, फेल्ट उत्पादन र अन्य हस्तकलाका सामानहरु प्रदर्शनीमा राखेका छन् ।

मेसे फ्रैंकफर्टको फ्ल्यागशिप इभेन्ट एम्बियन्टे विश्वव्यापी रूपमा प्रसिद्ध व्यापार मेला २०२५ को संस्करणमा नेपालसहित करिब ७० देशका उद्यमी तथा व्यावसायिक प्रतिनिधिको सहभागिता रहेको छ ।

मेसे फ्रैंकफर्टले सदियौंदेखि शहरमा व्यापार मेलाहरू आयोजना गर्दै आएको छ र नेपाली व्यवसायहरूले चार दशकभन्दा बढी समयदेखि एम्बियन्टमा भाग लिइरहेका छन्। मेसे फ्रयाङ्कफर्ट नेपालका प्रमुख विनोद मल्लले भने, "मेसे फ्रयाङ्कफर्ट नेपालले नेपाली कम्पनीहरूलाई नि:शुल्क सहजीकरण गर्दै आएको छ ।

Read More