ट्रम्पसँग 'व्यापार युद्ध' टार्न अमेरिकी सामानमा छुट दिने तयारी गर्दै मोदी


ट्रम्पसँग 'व्यापार युद्ध' टार्न अमेरिकी सामानमा छुट दिने तयारी गर्दै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी बनाउन उनीसँग भेटघाट अगाडि अमेरिकी सामानमा लगाउने भन्सार महसुल घटाउने तयारी थालेका छन्।

मोदी भारतमा अमेरिकी निर्यात बढाएर अमेरिकासँगको सम्भावित 'व्यापार युद्ध' बाट जोगिन चाहन्छन्।

ट्रम्पको निमन्त्रणामा मोदी बुधबार र बिहीबार अमेरिका भ्रमण गर्दैछन्। ट्रम्पसँगको भेटघाट अगाडि नै अमेरिकी सामानहरूमा कसरी महसुल कटौती गर्ने कसरत मोदीले सुरू गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले मंगलबार र बुधबार संसारका सबै मुलकमाथि 'रेसिप्रोकल' महसुलको घोषणा गर्ने बताएका छन्। रेसिप्रोकल महसुल भनेको अमेरिकी समानमा कुनै देशले जति महसुल लगाउँछन्, ती देशका सामान अमेरिकामा आयात हुँदा त्यति नै भन्सार दर लगाउने भनेको हो।

Read More