५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम


५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम

काठमाडौँ । झ्याप्लेखोला पहिरोमा परेर मृत्यु भएका व्यक्तिको बीमा रकम विवाद अदालतसम्म पुगेको छ । असोज १२ गते धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित झ्याप्लेखोलामा गएको पहिरोमा पुरिएको बसमा परेर मृत्यु भएका  व्यक्तिका परिवारलाई दिनुपर्ने क्षतिपूर्ति रकम कति हो भन्ने विषयमा सरकारी निकायमै मत बाझिएपछि  विवाद अदालतसम्म पुगेको छ । सोही कारण साढे ४ महिनासम्म पनि पीडितका परिवारले क्षतिपूर्ति पाएका छैनन् । 

झ्याप्लेखोला पहिरोमा तीनवटा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये चितवनबाट काठमाडौँ आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रोबसमा सवार १६ जना थिए ।  

 

Read More