ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा समाधानको उद्देश्यले विस्तृत छलफल गर्न बसेको सरकार र आन्दोलनकारीबिचको बैठक विथोलिएको छ ।
यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।


