काठमाडौं : गार्डियन माइक्रो लाइफको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । आइतबार स्पेसल प्रिओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँसम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो । कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।


