अर्थमन्त्रीले आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने

अर्थमन्त्रीले आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।

पौडेलले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न लागेका हुन्। संसद भवन, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो १ बजे शुरु हुने हिउँदे अधिवेशन अन्तर्गतको तेस्रो प्रतिनिधि सभा बैठकमा सो प्रस्तावका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठऔँ वार्षिक प्रतिवेदन, २०८१’ पनि पेश गर्नेछन्।

Read More