अमेरिकामा संघीय कर्मचारीहरूलाई स्वेच्छिक राजीनामा दिन बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले ब्रेक लगाएको छ।
ट्रम्पले रिटायर्ड हुन लागेका, कार्यसम्पादनमा कमजोर भएका तथा डेमोक्र्याटिक पार्टीप्रति झुकाव भएका कर्मचारीलाई हटाउने योजनालाई बिहीबार अदालतले रोक लगाएको हो।
ट्रम्पको आदेशमा त्यस्ता लाखौं कर्मचारीहरुलाई राजीनामा गर्न आग्रह गर्दै ह्वाइट हाउसले उनीहरुलाई इमेल पठाएको थियो।
राजीनामा नगर्ने त्यस्ता कर्मचारीहरूलाई निस्कासन गर्ने ट्रम्पको तयारी थियो। राजीनामाका लागि बिहीबार रातिसम्मको समय दिइएको थियो।


