एलपी ग्यास उद्योग संघद्वारा १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा


एलपी ग्यास उद्योग संघद्वारा १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बिहीवार संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरु सञ्चालन रहेको बताए । उनले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए।

उनले नेपाली ढुवानी साधन नहुँदा बार्षिक खर्बाैं रुपैयाँ विदेशीएको बताए । उनले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए । उनले संघले माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एल.पी. ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने बताए। उनले फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमवारसम्म सबै ग्याँस उद्योगहरुले बिरोधका कार्यक्रमहरुबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरुमार्फत र केन्द्रमा नेपाल एल.पी. ग्याँस उद्योग संघले प्रचारप्रसार गर्ने बताए । उनले फाल्गुण ६ गते मंगलवारदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उल्लेख गरे । उनले फागुन १२ गते सोमवारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनैपनि भन्सार नाका बाट नछुटाउने उल्लेख गरे।

Read More