कोशी प्रदेशमा पाँचओटा पाँचतारे होटेल थपिँदै, जम्मा लगानी ११ अर्ब पुग्ने


कोशी प्रदेशमा पाँचओटा पाँचतारे होटेल थपिँदै, जम्मा लगानी ११ अर्ब पुग्ने

विराटनगर । कोशी प्रदेशमा यो वर्ष ११ अर्ब रुपैयाँ लगानीमा पाँचओटा पाँचतारे होटेल थपिने भएका छन् । हाल कोशीमा पाँचतारे स्तरका होटेल मेची क्राउन, किङ्सबेरी र सोल्टी वेस्टर्न सञ्चालनमा छन् । मेची क्राउन र किङ्सबेरी झापामा र सोल्टी वेस्टर्न इटहरीमा छ । 

यी होटेलमा ५ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ । कोशी प्रदेशका १४ जिल्लाका सबै खाले होटेलमा गरी करीब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीले बताएका छन् । खुल्ने तयारीमा रहेका पाँचतारे होटेलमा झापामा इस्टर्न ग्रान्ड, इटहरीमा अजित बस्नेतको रमादा, विराटनगरमा विकास चौधरी समूहको लेमन ट्री, मोति दुगडको सेन्चुरी र दुर्गा प्रसाईको होटेल छन् । 

Read More