काठमाडौं । चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सो सहकारी मुद्दामा लुइँटेलले मुद्दा कमजोर बनाएर दर्ता गरेको भन्दै महान्यायाधिवक्ता कार्यालय झिकाइएको छ ।
मंगलबार सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेलगतै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गर्ने निर्णय गरेको थियो । बुधबार महान्यायाधिवक्ता कार्यालय उपस्थित भएका लुइँटेलमाथि छानबिन गर्नका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।


