२३ माघ, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–६ का माइकल डंगौरा उमेरले यतिबेला जम्माजम्मी २२ वर्षका भए । तर, यो उमेरमा उनले जोडेको सम्पत्ति देखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीहरू भने चकित बनेका छन् । १८ माघमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा करोडौंको सम्पत्ति र नगद भेटिएपछि सआईबीका अनुसन्धान अधिकृत अचम्मित छन् ।


