ट्रम्पले बढाएको भन्सार दरको प्रभाव कम पार्न चीनले युआन सस्तो नपार्ने संकेत!


ट्रम्पले बढाएको भन्सार दरको प्रभाव कम पार्न चीनले युआन सस्तो नपार्ने संकेत!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उत्पादनमा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले त्यसको प्रभाव कम गर्न आफ्नो मुद्राको अवमूल्यन नगर्ने संकेत देखिएको छ।

चीनले प्रतिकारमा अमेरिकालाई हानि हुने केही कदम चाल्ने घोषणा मंगलबार नै गरिसकेको छ। साथै अमेरिकी भन्सार महसुलको चिनियाँ उत्पादनमा पार्ने नकारात्मक प्रभाव कम पार्न चीनले युआनलाई अमेरिकी डलरको तुलनामा कमजोर पार्ने कदम चाल्छ भनेर धेरैले अनुमान गरेका थिए।

Read More