काठमाडौं : नेपाल धितोपत्र बोर्डले ६ वर्षदेखि स्थगित रहेको मर्चेन्ट बैंकर अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरेको छ । बोर्डले निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालनको कार्य गर्ने मर्चेन्ट बैंकरका लागि नयाँ लाइसेन्स खुला गरेको हो । साथै बोर्डले १ अर्ब चुक्ता पुँजी कायम रहेका मर्चेन्ट बैंकरले ३० प्रतिशत भन्दा कम नहुने गरी आइपीओ जारी गर्न पाउने व्यवस्था समेत गरेको छ ।





