चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री ओली


चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्धन  र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपाली चियाको उचित बजार प्रवद्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव समेत दिएका छन् ।

Read More