कृषि मिटरको महशुल नबुझाउँदा प्राधिकरणले काट्यो बिजुली, गहुँखेती सुक्ने चिन्तामा किसान


कृषि मिटरको महशुल नबुझाउँदा प्राधिकरणले काट्यो बिजुली, गहुँखेती सुक्ने चिन्तामा किसान

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत महशुल समयमा नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न शुरू गरेको छ । गहुँ सिंचाई गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएछि किसान समस्यामा परेका छन् । 

नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महशुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न शुरू गरिएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए । उनले भने,'हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महशुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन ।' 

Read More