बैंक, वित्तीय संस्थाको विपन्न वर्ग कर्जा घट्यो


बैंक, वित्तीय संस्थाको विपन्न वर्ग कर्जा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्गमा प्रवाह हुने कर्जामा कडाइ गरेपछि बैंक, वित्तीय संस्थाहरूले यो शीर्षकको लगानी घटाउन थालेको देखिएको छ । 

एक वर्षको अवधिमा बैंक, वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा करीब साढे ५ प्रतिशतले घटेको छ । बैंकहरूले २०८० पुसमा विपन्न वर्ग शीर्षकमा ३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०८१ पुसमा घटेर ३ खर्ब १ अर्ब रुपैयाँ कायम भएको छ । यसैगरी २०८१ असारको तुलनामा पुसमा उक्त कर्जा ३ दशमलव ३ प्रतिशतले घटेको छ । 

बैंक, वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने नियम छ । बैंकहरूले लघुवित्त वित्तीय संस्थामार्फत र प्रत्यक्ष रूपमा आफैले पनि यस्तो कर्जा प्रवाह गर्दै आएका छन् । 

Read More