काठमाडौं । बिमा कम्पनीहरूले गत साउनदेखि पुससम्ममा कुल १ खर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गर्दा निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुससम्म बिमा कम्पनीहरूले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । जसमध्ये निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन् ।
जीवन बिमा कम्पनीहरूले चालू आवको पुससम्म ८१ अर्ब १७ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । चालू आवको पहिलो ६ महिनामा नेपालका निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँबराबरको व्यापार गरेका छन् ।


