अमेरिका–चीन दोस्रो व्यापार युद्ध शुरु, अमेरिकी वस्तुमा थप १५ प्रतिशतसम्म कर लगाउने चिनियाँ घोषणा


अमेरिका–चीन दोस्रो व्यापार युद्ध शुरु, अमेरिकी वस्तुमा थप १५ प्रतिशतसम्म कर लगाउने चिनियाँ घोषणा

काठमाडौं । चीनले अमेरिकाबाट आयात हुने वस्तुमा थप १५ प्रतिशतसम्म भन्सार लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो व्यापार (२.०) युद्ध आधिकारिक रुपमा शुरु भएको छ । हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्ट पत्रिकाको अनलाइन संस्करण अनुसार चीनले अमेरिकी वस्तुमा थप १० देखि १५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ ।

'कोइला र लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी)मा १५ प्रतिशत कर लगाइनेछ,' बेइजिङको वाणिज्य मन्त्रालयले भनेको छ । चीनले अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि यन्त्र, ठूलो क्षमताको इन्जिन भएका सवारी साधन र पिकअप ट्रकमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

वासिङ्टनले चिनियाँ आयातमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि बेइजिङको वाणिज्य मन्त्रालयले 'विश्व व्यापार संगठनको नियमको गम्भीर उल्लङ्घन गरेको' बताएको छ ।

Read More