सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल


सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् । सोमबार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका छन् ।

उनले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ । मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन् । सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ ।

Read More