बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात हिजो जुन हिसाबले जसरी ठाडो किसिमले बढिरहेको थियो, त्यो तेर्सो क्रमले अघि बढ्न खोजिरहेको छ । भन्नुको अर्थ, हिजोकै ट्रेन्डमा बाह्य क्षेत्रको वृद्धि भइराख्ने अवस्था र मार्केटमा पनि लिक्विडिटी त्यसैगरी बढेको बढ्यै भएर जाने अवस्था अब छैन । यो अब अलिकति घट्ने स्थिति हामीले देखिरहेका छौँ ।
समग्रमा बैंकिङ सिस्टमभित्र परेको रिकभरीको जुन समस्या छ, यसको लागि हामीले मौद्रिक नीतिमार्फत् नै एएमसीको लागि कानुन बनाउने भनेका छौँ । कानुन बनाउने काम ट्राफ्टिङको काम भइरहेको छ । हामी आशावादी छौँ, त्यसले खुद निष्क्रिय सम्पत्ति (एनपीए) घटाउनलाई केही न केही सहयोग चाहिँ हुन्छ । पूर्ण रिस्टक्चरिङको काम चाहिँ त्यति सहज छैन ।


