सरकारले ल्याएका ६ वटा अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले अस्वीकृत प्रस्ताव दर्ता गरेका छन्।
सरकारले ल्याएको सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेशका विरूद्ध प्रतिपक्षी दलका सांसदहरूले अस्वीकृत प्रस्ताव दर्ता गराएका हुन्।
गत माघ १८ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा यी अध्यादेशहरू सरकारले पेस गरिसकेको छ।

-1706686382.jpg)
