चालु आर्थिक वर्षको दोस्रो त्रैमास चालु आर्थिक वर्षको ६ महिना पुससम्म बैंकहरुबाट थप २३ अर्ब ६८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७ अर्ब ९८ करोडले वृद्धि भएको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा करिब करिब २४ अर्बले बढेको हो ।


