पहिलो एक घण्टामा साढे ३ अर्बको सेयर कारोबार, बैंकिङमा आकर्षण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पहिलो एक घण्टामा साढे ३ अर्बको सेयर कारोबार, बैंकिङमा आकर्षण

२१ माघ, काठमाडौं । पहिलो एक घण्टामा सेयर बजार ३५ अंक बढेको छ । यो वृद्धिपछि १२ बजे नेप्से परिसूचक २७६३ अंकमा कायम भएको छ ।

यतिबेलासम्म १८५ कम्पनीको मूल्य बढ्दा ५१ को घटेको छ भने ७ को स्थिर छ । एक घण्टामा ३ अर्ब ५० करोडको कारोबार भएको छ ।

अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ । सोमबार लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर रहने संकेत देखिको छ ।

Read More