२१ माघ, काठमाडौं । साना तथा मझौला कम्पनीहरू (एसएमईज) लाई सेयर बजारबाट पूँजी जुटाउन छुट्टै बाटो खोलिएको छ ।
हालसम्म साना, मझौला तथा ठूला सबै कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने, दोस्रो बजारमा सूचीकृत भई सूचक गणनामा धेरथोर प्रभाव पार्दै आएका थिए ।
अब बजार आउने २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनीलाई ‘एसएमईज प्लेटफर्म’ अन्तर्गत कारोबार गराउने तयारी भइरहेको छ । तर, यसअघि नै बजारमा सूचीकृत भइसकेका २५ करोड मुनिका कम्पनीका हकमा भने हालको जसरी नै कारोबार हुनेछ ।





