ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्याएको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ। यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

