चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक रिपोर्टः निर्यात ९८ अर्व ९७ करोड, आयात ८ खर्व २२ अर्व ३७ करोड


चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक रिपोर्टः निर्यात ९८ अर्व ९७ करोड, आयात ८ खर्व २२ अर्व ३७ करोड

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम छ महिना अर्थात पुस मसान्तसम्म आयातको तुलनामा निर्यात उच्च दरमा बढेको दावी गरेको छ । पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको वित्तिय स्थितिको बारेमा आइतबार वैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदनमा त्यस्तो दावी गरिएको हो । 

विगतको तुलनामा निर्यात बढे पनि समग्रतामा निर्यातको तुलनामा आयातको अवस्था निकै उच्च रहेको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको छ ।

जबकी आयात भने कुल वस्तु आयात जम्मा ७.१ प्रतिशतले बढ्दा पनि रु.८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ ।

यो अवधिमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।

Read More