काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा वृद्धि आएसँगै लगानीकर्ताहरुको सम्पति आज एकैदिन सवा खर्ब भन्दा धेरैले बढेको छ । बजार पुँजीकरणको आधारमा लगानीकर्ताको सम्पति मापन गरिएको हो । आज आइतबार (माघ २० गते) नेप्से सूचक ६९.८० अंकले बढेर २७२७ विन्दुमा पुगेको छ । इन्डेक्स २.६२ प्रतिशतले बढेको हो । मार्केट बढेको कारण लगानीकर्ताको सम्पति पनि वृद्धि भएको छ । सूचक २७ सय विन्दु माथि पुगेसँगै बजार पुँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ ।





