अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो वर्षको भुक्तानीका कारण केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरिसकेको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले गत वर्षको भुक्तानी दायित्व व्यहोरिसकेकाले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी नरोकिने बताए ।

